
सुनको मूल्य तोलामा २७०० रुपैयाँले बढेको छ ।
बिहीबार प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारका लागि २ लाख ३९ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार पछिल्ला केही दिन घट्दो अवस्थामा रहेको सुनको मूल्य शुक्रबार पुनः बढेको हो ।
त्यसैगरी, बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ रहेको चाँदी शुक्रबार ८० रुपैयाँले बढ्दै तोलामा ३ हजार ६० रुपैयाँ पुगेको छ ।