०५ साउन २०८३, मंगलबार

झापा महिला गोल्डकप सोमबारदेखि हुने

कात्तिक १४, २०८२
झापा
झापा महिला गोल्डकप सोमबारदेखि हुने
फाइल फोटो

‘एलभीडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तर्राष्ट्रिय आमन्त्रण ‘नकआउट फूटबल’ प्रतियोगिता सोमबारदेखि शुरू हुने भएको छ ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले यहाँ वर्षा भइरहेकाले प्रतियोगिता दुई दिन ढिला हुन लागेको हो ।

यसअघि शिवसताक्षीस्थित दुधे रङ्गशालामा उक्त प्रतियोगिता शनिबारदेखि आरम्भ हुने तय भएको थियो । प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

उद्‌घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख १० हजार, उपविजेताले पाँच लाख पाउनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार र अन्य विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई १५ हजार प्रदान गरिने छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपीएफ एफसी, नेपाल पुलिस क्लब, सङ्कटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फूटबल क्लब तथा भारत सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबले भाग लिने छन् ।

salt training

कमेन्ट गर्नुहोस्