
पाकिस्तानी क्रिकेटर बाबर आजमले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय दिग्गज रोहित शर्माको रेकर्ड तोडेका छन् । उनी टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् ।
लाहोरको गद्दाफी स्टेडियममा खेलिएको दक्षिण अफ्रिका विरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा उनले यो उपलब्धि हासिल गरे।
पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका १९.२ ओभरमा ११० रनमा अलआउट भएको थियो । जवाफमा पाकिस्तानले १३.१ ओभरमा मात्र एक विकेट गुमाउँदै खेल जित्यो ।
यस खेलमा बाबर आजम ११ रनमा अविजित रहे । यससँगै बाबर आजमको टी-२० अन्तर्राष्ट्रिय करियरको कुल ४,२३४ रन पुगेको छ ।
उनीपछि क्रमशः रोहित शर्मा (४२३१ रन), विराट कोहली (४१८८ रन), इङ्गल्याण्डका जोस बटलर (३८६९) र आयरल्याण्डका पल रोबर्ट स्टर्लिङ (३७१० रन) छन् ।