१० साउन २०८३, आइतबार

केवल तीन रनले १०औँ अर्धशतक प्रहार गर्नबाट चुके कुशल भुर्तेल

कात्तिक १५, २०८२
काठमाडौं
केवल तीन रनले १०औँ अर्धशतक प्रहार गर्नबाट चुके कुशल भुर्तेल

संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार खेलिएको अमेरिका विरुद्धको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो । उनी केवल तीन रनका कारण एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १०औँ अर्धशतक प्रहार गर्नबाट चुके ।

२८ वर्षीय कुशल ६५ बलमा दुई छक्का र दुई चौकाको मद्दतले ४७ रन बनाउँदै पेभेलियन फर्किए । उनी अमेरिकी बलर हरमित सिंहको बलमा बाउन्ड्री लाइननजिकै सौभर नेत्रभाल्करद्वारा क्याच आउट भए । 

कुशल र भीम सार्कीले टोलीका लागि ८६ रनको साझेदारी गरे । २०औँ ओभरको पहिलो बलमा उनी आउट हुँदा नेपालले एक विकेट गुमाएर ८८ रन बनाएको छ । दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्