०६ साउन २०८३, बुधबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए अमेरिकाको दोस्रो विकेट

कात्तिक १५, २०८२
काठमाडौं
नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए अमेरिकाको दोस्रो विकेट

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा शनिबार नेपालले दिएको दुई सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको अमेरिकाले दोस्रो विकेट गुमाएको छ ।

अनुभवी लेग–स्पिनर सन्दीप लामिछानेले अमेरिकाको दोस्रो विकेट लिएका हुन् । 

सन्दीपले क्रिजमा जमिसकेका अमेरिकाका ओपनर ब्याट्सम्यान सायान जहाँगिरलाई बोल्ड गरे । सायान ३६ रन बनाउँदै आउट भएका हुन् ।

प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका सायानले ४२ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काएका थिए । १२औँ ओभरको पाँचौँ बलमा सायान आउट हुँदा अमेरिकाले ५९ रन बनाएको छ ।​

अमेरिकाको पहिलो विकेट गुलसन झाले लिएका थिए ।

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ७१ रन बनाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्