०७ साउन २०८३, बिहीबार

योगदानकर्तासँग अतिरिक्त शुल्क नलिन कोषमा आबद्ध अस्पताललाई सामाजिक सुरक्षा कोषको निर्देशन

साउन ६, २०८३
काठमाडौं
योगदानकर्तासँग अतिरिक्त शुल्क नलिन कोषमा आबद्ध अस्पताललाई सामाजिक सुरक्षा कोषको निर्देशन

सामाजिक सुरक्षा कोषले कोषमा आबद्ध अस्पताललाई सम्झौताविपरीत कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ।

कोषले मंगलबार सूचना जारी गर्दै योजनाकर्ता, निजको दम्पती तथा १८ वर्षमुनिका छोराछोरीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने क्रममा अतिरिक्त शुल्क नलिन, विशेषज्ञ चिकित्सकबाट जाँच तथा परामर्श दिन अस्वीकार नगर्न र ‘सिस्टम चलेन’लगायतका बहानामा नगद रकम नमाग्न निर्देशन दिएको हो ।

यस्तै, एसएसएफले व्यहोर्ने उपचार तथा परीक्षणलाई निजी रूपमा शुल्क तिर्न बाध्य पार्ने, योजनाकर्तालाई अपूर्ण वा गलत जानकारी दिने, सुविधाबाट वञ्चित गर्ने कार्य नगर्न पनि कोषले आग्रह गरेको छ ।

यस्ता गतिविधि सम्झौता, प्रचलित कानून तथा योजनाकर्ताको अधिकारविपरीत हुने कोषको भनाइ छ ।

सम्झौता उल्लंघन भएको प्रमाणित भए कानूनबमोजिम कारबाही गरिने तथा कोषसँगको सम्झौता स्थगन वा रद्दसमेत गर्न सकिने चेतावनी कोषको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्