×

NMB BANK
NIC ASIA

सांगीतिक व्यस्ततामाझ सुजाताको ज्यान बचाउने अभियानमा प्रमोद

कात्तिक २०, २०७४

NTC
Premier Steels
‘म विना कसैकसैलाई मुश्किल छ पोखरामा...’

प्रमोद खरेलको यो गीत नसुन्ने त कमै होलान् । पोखरा तथा पोखराबाहिरका लाखौं श्रोताले मन पराएको यो गीतले प्रमोद खरेलको गीती यात्रामा अग्लो परिचय थप्यो ।

‘ओए झुम्कावाली’, ‘चल् बतास चल्’, ‘छुट्टिएर तिमीसँग’ लगायतका दर्जनौं चर्चित गीत गाएका गायक प्रमोद खरेल यतिबेला देशभर हुने विभिन्न सांगीतिक महोत्सवमा व्यस्त छन् । अनि आफ्ना गीत लोकप्रिय भएसँगै खरेल पछिल्लो समय सामाजिक कार्यमा समेत लागिपरेका छन् ।

भूकम्पप्रभावित जिल्ला दोलखामा केही समयअघि बालबालिकाका लागि प्राथमिक विद्यालय निर्माणमा जुटेपछि धेरै फ्यानले उनलाई धन्यवाद दिए । समाजका लागि काम गर्दा पाएको स्याबासीले उनलाई खुशी मिल्यो । ‘गीत संगीत त आफ्नो ठाउँमा छ नै । अरूलाई साथ दिँदा पाइने सहयोगले धेरै आत्मसन्तुष्टि दिन्छ,’ उनी सुनाउँछन् ।
सामाजिक सञ्जाल फेसबूक तथा ट्विटरमा निरन्तर रूपमा उपस्थिति जनाइरहने खरेललाई एकदिन उनका फलोअरले ट्विटरमार्फत आफ्नो घरछेउकी बहिनीको ‘बोन म्यारो ड्यामेज’ भएर आर्थिक अभावका कारण उपचार गर्न नसकेको जानकारी गराए ।

साथै ती युवतीका परिवारको आर्थिक स्थिति कमजोर भएकाले सहयोग जुटाउन आग्रह पनि गरे ती युवाले । यो कुराले फेरि अर्कोपटक खरेललाई आफ्नो सामाजिक जिम्मेवारीको बोध गरायो ।

देश तथा विदेशका विभिन्न कन्सर्टमा व्यस्त खरेलसँग समाजसेवाका लागि पर्याप्त समय थिएन । तर उनलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले भित्रदेखि नै कुतकुत्यायो । उनी ती बहिनीको सहयोगका लागि जुटे ।

झापाको पृथ्वीनगरस्थित आफ्नै घरछेउकी २२ वर्षीया युवती सुजाता सुवेदीको बोन म्यारो ड्यामेज भएको थाहा पाएपछि उनलाई बचाउने अभियान थाल्ने सोचसहित हास्यकलाकार मनोज गजुरेल, झापाकै नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मासँगको सहकार्यमा सुजाताको नाममा खाता खोले । शुरुमा खरेल, गजुरेल र शर्माको संयुक्त प्रयासस्वरूप खातामा ११ हजार उठाएर आफ्नो खाता खोले । त्यसपछि उनीहरूको रकम जम्मा गर्ने प्रयास निरन्तर रूपमा रहिरह्यो ।

सामाजिक सञ्जालमार्फत उनीहरूले सहयोगका लागि आग्रह गरे । उनको कामलाई फ्यानहरूले समेत सहयोग गरे ।
‘तपार्इं हाम्रो सानो सहयोगले बहिनीको जीवन जोगिन्छ भने हामी उनको सहयोगका लागि किन नलाग्ने ?’ उनले लोकान्तरसँग भने, ‘देश तथा विदेशमा बस्ने साथीहरूले हामीलाई सहयोग गरिरहनुभएको छ । कसैले त सहयोग जुटाएर बहिनीका परिवारकै हातमा पनि थमाउनुभएको छ ।’

डाक्टरको भनाइ उद्धृत गर्दै खरेलले सुजाता सुवेदीको उपचार गर्न कम्तीमा पनि २५ लाख लाग्ने बताउँछन् । ‘उनको औषधी खर्च नै महंगो छ । एउटै सुईलाई २८ हजार ५ सय पर्छ ।’ धेरै पैसा लाग्ने भएकाले चाहिएजति पैसा उठ्न नसकेको उनी बताउँछन् ।

निरन्तर रूपमा भइरहने स्टेज कार्यक्रमले उनलाई समय मिलाउन गाह्रो परेको छ । तैपनि खरेललाई ती बिरामीको अवस्थाले छटपटी हुन्छ र समय समयमा हस्पिटल पुगिरहेका हुन्छन् ।

फ्यानहरूलाई समेत आफूले गर्न खोजेको सामाजिक कामबाट केही न केही सकारात्मक सन्देश फैलिएको छ कि भन्ने उनलाई लागेको छ । उनले गरेको सहयोगको तारिफ गरेर आफ्ना फ्यानहरूले दिने प्रतिक्रियाले आफूलाई अझ हौसला बढाएको बताउँदै भन्छन्, ‘नागरिकले आफ्नो जिम्मेवारी कुनै न कुनै रूपमा निर्वाह गर्नुपर्छ । यो हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो ।’

सरकारको तर्फबाट आम नागरिकका लागि कुनै सहयोग नपाइनु विडम्बना भएको बताउँछन् खरेल । भन्छन्, ‘कुनै नेता बिरामी परेको भए विदेश लैजान्थे । तर हामी आम नागरिकको उपचारका लागि नागरिकको नै सहयोगको आशा हुन्छ ।’
‘सुजाता बचाऔं अभियान’ का लागि देश तथा विदेशबाट सहयोग आइरहेको समेत उनी बताउँछन् । नेपाल तथा विदेशमा रहेका नेपालीले सहयोग गरिरहेका छन् । अहिले सुजाताको छातीमा समेत समस्या देखिएकाले उपचारमा अझ धेरै खर्च लाग्ने खरेल बताउँछन् । ‘हामीले सहयोग जुटाउने प्रयास गरिरहेका छौं,’ उनी थप्छन्, ‘एक दिन उनी निको हुनेछिन् । धन्यवाद भन्नेछिन् । हाम्रा लागि उनले नयाँ जीवन पाउनु नै भाग्यको कुरा हो ।’

व्यस्तताका बाबजुद खरेल दुईवटा नयाँ गीत ल्याउने तयारीमा लागेका छन् । ‘श्रोताहरूले छिट्टै मेरो नयाँ गीत सुन्न पाउनुहुनेछ,’ उनले भने ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x