
उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर विष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा आयोजित कार्यक्रममा आज उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।
