२२ असार २०८३, सोमबार

माल्दिभ्समा १८ वर्ष मुनिका व्यक्तिलाई धूम्रपान गर्न प्रतिबन्ध

कात्तिक १८, २०८२
काठमाडौं
माल्दिभ्समा १८ वर्ष मुनिका व्यक्तिलाई धूम्रपान गर्न प्रतिबन्ध

माल्दिभ्सले १८ वर्ष मुनिकालाई धूम्रपान प्रयोगमा प्रतिबन्ध लगाएको छ।

माल्दिभ्सको स्वास्थ्य मन्त्रालयले १ जनवरी २००७ मा वा त्यसपछि जन्मेका युवाहरूका लागि धूम्रपान प्रयोगमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । 

यससँगै माल्दिभ्स पुस्ता-आधारित पूर्ण सुर्तीजन्य प्रतिबन्ध लागू गर्ने विश्वको पहिलो देश बनेको छ ।

द्वीपसमूहको स्वास्थ्य मन्त्रालयले शनिबार घोषणा गर्‍यो कि नयाँ पुस्ताले अब देशमा सुर्तीजन्य पदार्थ प्रयोग गर्न, किन्न वा बेच्न सक्ने छैनन् ।

मन्त्रालयले यो प्रतिबन्धले युवाहरूलाई सुर्तीजन्य पदार्थको हानिबाट जोगाउने सरकारको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्