१५ असार २०८३, सोमबार

अपरिचित व्यक्तिलाई रोक्न खोज्दा होटल परिसरमै गोली चल्यो

कात्तिक १८, २०८२
बुटवल
अपरिचित व्यक्तिलाई रोक्न खोज्दा होटल परिसरमै गोली चल्यो

रुपन्देहीको भैरहवास्थित  होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार राति गोली चलेको छ ।

होटलमा जबरजस्ती प्रवेश गर्न खोज्नेलाई रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षा गार्डमाथि गोली चलाएका हुन् ।

गोलीबाट बुटवल उपमहानगरपालिका– १५ का २७ वर्षीय मीनबहादुर परियार घाइते भएका छन् ।

रुपन्देहीका प्रहरीका प्रवक्ता एवं डीएसपी सुरज कार्कीले  घाइते परियारको भीम अस्पतालमा उपचार भएको बताए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको कार्कीको भनाइ छ ।

क्यासिनो सञ्चालनमा रहेको होलटमा दैनिक सयौं भारतीय नागरिक आउने /जाने गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्