१३ असार २०८३, शनिबार

सुनवलमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

कात्तिक १८, २०८२
नवलपरासी
सुनवलमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

नवलपरासी पश्चिममा ५५ वर्षीया श्रीमती भीमकला थापाको हत्या गरेको आरोपमा उनकै श्रीमान् पक्राउ परेका छन् ।​ 

पक्राउ पर्नेमा सुनवल नगरपालिका- १३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्काबहादुर थापा छन् । उनलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खड्काले खुर्पा प्रहार गर्दा भीमकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट भूमही र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भीमकलाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्