२४ असार २०८३, बुधबार

अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना: ३ जनाको मृत्यु, ११ घाइते

कात्तिक १९, २०८२
काठमाडौं
अमेरिकाको केन्टकीमा कार्गो विमान दुर्घटना: ३ जनाको मृत्यु, ११ घाइते

अमेरिकाको केन्टकीको लुइसभिलमा एक कार्गो विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तिमा ११ जना घाइते भएको सीएनएनले जनाएको छ ।

संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार, यूपीएस उडान २९७६ ले मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाईको होनोलुलुस्थित डेनियल इनोये अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडान भरेको थियो।

एफएएले दुर्घटनाको रिपोर्ट स्थानीय समय अनुसार साँझ ५:१५ बजे गरेको छ । विमानस्थलको दक्षिणमा बाक्लो धुवाँ र आगोको मुस्लो देखिएको थियो । सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा तीव्र आगो र भग्नावशेषहरू देखिएका थिए ।

प्रहरीले विमानस्थलको ८ किलोमिटर दायरा भित्रका बासिन्दाहरूलाई घरभित्रै बस्न आदेश दिएको छ। विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।

बोर्डमा तीन जना चालक दलका सदस्यहरू थिए । मिडिया रिपोर्टहरूले विमानमा लगभग २५,००० ग्यालन जेट इन्धन बोकेको दाबी गरेका छन्, जसले गर्दा आगो द्रुत गतिमा फैलिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्