०२ साउन २०८३, शनिबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

नन्दन यादवले लिए यूएईका कप्तानको विकेट

कात्तिक १९, २०८२
काठमाडौं
नन्दन यादवले लिए यूएईका कप्तानको विकेट

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबार जारी अन्तिम खेलमा नेपालले आयोजक राष्ट्रको दोस्रो विकेट लिएको छ ।

यूएईको दोस्रो विकेट नन्दन यादवले लिए । उनले यूएईको कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान एलिसन सराफुलाई पेभेलियन फर्काए ।

नन्दनले सराफुलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराए । आउट हुनुअघि सराफुले २४ बलको सामना गरी एक छक्का र दुई चौकाको मद्दतले १८ रन बनाए ।

सातौँ ओभरको पाँचौँ बलमा सराफु आउट हुँदा यूएईले ३२ रन बनाएको छ ।

दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ३९ रनमात्र बनाउन सकेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्