०८ साउन २०८३, शुक्रबार

स्वस्तिका र शिभाली सेमिफाइनलमा

कात्तिक १९, २०८२
काठमाडौं
स्वस्तिका र शिभाली सेमिफाइनलमा

स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।​

सातदोबाटोस्थित टेनिस कोर्टमा स्वस्तिकाले कर्मिस्था श्रेष्ठलाई ६–० र ६–० तथा शिभालीले साल्भी शेरचनलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरे ।

पुरुष एकलतर्फ प्रदीप खड्काले देवाशिष रेउलेलाई ६–० र ६–१, आयुशमान हजुर घलेलाई ६–२ र ६–१ तथा छेवाङ लामाले निश्चल कायश्थलाई ७–५ र ६–४ अंकले हराए ।

सोही स्पर्धामा राजवीर प्रधानले सर्वेश खनाललाई ६–० र ६–१, प्रणव मानन्धरले विपुल अधिकारीलाई ६–० र ६–२ र सक्षमविक्रम शाहले दर्शिल श्रेष्ठलाई ६–४ र ६–४ अंकले पराजित गरे ।

निशान श्रेष्ठले असभसम्राट हाडालाई ६–० र ६–० तथा निहालजंग बहादुर थापाले सन्तोष खत्रीलाई ६–४ र ६–३ को सेटमा हराए । यो स्पर्धामा विजयी खेलाडी क्वार्टरफाइनलमा पुगे ।

होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको यू–८ ब्वाइज एकलमा गगन श्रेष्ठले विविध भट्टचनलाई १०–६, ८–१० र १०–४ तथा सर्वज्ञजंग खत्रीले सात्विक मल्होत्रालाई १०–६ र १०–६ अंकले पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे ।

सोही स्पर्धाको गर्ल्स एकलमा स्वर्णिमा श्रेष्ठले बेनाफ्सा महर्जनलाई १०–६ र १०–४ तथा भानी राजभण्डारीले अनुपमा श्रेष्ठलाई १०–८ र १०–८ अंकले पन्छ्याउँदै फाइनलमा स्थान पक्का गरे ।

यू–९ गर्ल्स एकलमा निम्ति कुँवर, अमिरा गुप्ता, सहारा कायश्थ र हीरादेवी ऐडीले जित हात पारे । सोही स्पर्धाको ब्वाइज एकलमा सर्वज्ञजंग खत्री विजयी भए ।

यसैगरी, यू–१० ब्वाइज एकलमा सोनाम घले, आहान भट्टराई, कायान चालिसे र भिरल अग्रवालले सफलता हात पारे ।

यू–१२ ब्वाइज एकलमा आरित मल्ल, निधाये राणा, अभिषेक बलयल्कोटी, वेदान्त चालिसे, सभ्यजंग कार्की, सुजन कुइकेल, अर्याशराज पौडेल र विश्वविशेष डल्लाकोटी विथयी भए ।

उक्त स्पर्धाको गर्ल्स एकलमा स्वराह थापा, अनुश्री ध्वजु, सरा पन्त र नाइरा घलेले जित हात पारे । यू–१६ ब्वाइज एकलमा सुरेन्द्र विक, असभसम्राट हाडा, साङ्गे रोकाया र दर्शिल श्रेष्ठ विजयी भए ।

salt training

कमेन्ट गर्नुहोस्