
युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली सङ्घले शुक्रबार यूरोपमा सुरक्षा खतरा बढेको भन्दै रूसी नागरिलाई दिइँदै आएको मल्टिपल इन्ट्री भिसा अस्वीकार गर्ने बताएको छ।
“युरोपमा स्वतन्त्र रूपमा घुम्न आउने अपेक्षा गर्नुलाई पुष्टि गर्न गाह्रो छ,” इयू विदेश मामिला प्रमुख काजा कल्लासले एक्समा लेखेका छन् ।
उनले भने, “युरोपेली भूमिमा निरन्तर ड्रोन अवरोध र तोडफोडका घटनापछि इयूले रूसी नागरिकहरूको लागि भिसा नियमहरू कडा गर्दैछ।”
धेरै देशहरूमा ड्रोन आक्रमण र आगजनीका संदिग्ध घटनापछि इयूमा रूसी ‘हाइब्रिड युद्ध’ को खतरा बढेको भन्दै भिसा प्रतिबन्धको उपाय अपनाइएको हो।