
डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरूमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा निधन भएको हो ।
कोल्ड स्प्रिंग हार्बर प्रयोगशालाले वाटसनको मृत्युको पुष्टि गरेको बीबीसीले जनाएको छ । वाटसनले धेरै दशकदेखि त्यहाँ काम र अनुसन्धान गरेका थिए ।
अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
डीएनए संरचनाको खोजलाई २०औं शताब्दीको सबैभन्दा ठूलो वैज्ञानिक उपलब्धिहरूमध्ये एक मानिन्छ।
उनले बेलायती वैज्ञानिक फ्रान्सिस क्रिकसँग मिलेर १९५३ मा डीएनएको डबल-हेलिक्स संरचना पहिचान गरेका थिए । यसले आणविक जीवविज्ञानमा द्रुत प्रगतिको लागि मार्ग प्रशस्त गरेको थियो ।