१३ असार २०८३, शनिबार

कञ्चनपुरमा लागूऔषध सेवन गर्ने तीन जना पक्राउ

कात्तिक २२, २०८२
कञ्चनपुर
कञ्चनपुरमा लागूऔषध सेवन गर्ने तीन जना पक्राउ

कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ राजघाटस्थित सडकखण्डबाट प्रहरीले आज तीन जनालाई लागूऔषध सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार गस्तीमा रहेको प्रहरी टोली तथा लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय धनगढी, कैलालीबाट खटिएको टोलीले तीन युवालाई लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारेको हो ।

धनगढी उपमहानगरपालिका-१३ का २० वर्षीय समिर राना, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका १४ वर्षीय अङ्कित राना र कैलालीको बोराडाँडीका १९ वर्षीय आसिक धानुकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए । निजहरूका साथबाट करिब दुई दशमलव ८५ ग्राम लागूऔषध ‘खैरो हेरोइन’ बरामद गरिएको छ । 

यसैगरी, शुक्रबार प्रहरीले बेलौरी नगरपालिका-६ खैरानाबाट बेदकोट नगरपालिका-६ सिसैया बस्ने २७ वर्षीय विवेक चौधरीलाई ८६० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्