१० साउन २०८३, आइतबार

बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल 'हायात प्यालेस'

कात्तिक २३, २०८२
बुटवल
बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल 'हायात प्यालेस'

​​निजी क्षेत्रको लगानीमा बुटवलमा पाँच तारे होटल 'हायात प्यालेस' सञ्चालनमा आएको छ । यस क्षेत्रका प्रतिष्ठित उद्योगीहरूको लगानीमा निर्माण भएको होटल बुटवल-नारायणगढ सडक खण्डको सेन्टर पोइन्ट राजमार्ग चौराहामा अवस्थित छ । ३ अर्ब ५० करोड रुपैयाँको लगानीमा निर्माण भएको हायात प्यालेस बुटवलको पहिलो र रुपन्देहीको पाँचौं फाइभ स्टार होटल हो ।

५ वर्षमा निर्माण सम्पन्न गरी आइतबारदेखि होटल पूर्णरूपमा सञ्चालनमा ल्याइएको होटलका अध्यक्ष चुन्नु पौडेलले जानकारी दिए ।

होटल बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अगाडि रहेको छ । केन्द्रको अगाडि रहेकाले फाइभ स्टार होटलमा बस्ने पर्यटकहरूलाई सहज हुने अध्यक्ष पौडेलले बताए ।

होटल भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ किलोमिटर टाढाको दूरीमा छ ।

null

होटलबाट नेपाल–भारत सीमा पुग्न २६ किलोमिटर दुरी रहेको छ । होटलको अगाडि १० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र र ३ हजार क्षमताको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) छन् । ५ हजार ७४६ वर्गमिटरमा होटल फैलिएको छ । पाँच तारे होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, सम्मेलन र व्याङक्वेट हल, क्यासिनो, स्पा र अन्य सुविधाहरू पनि होटलमा छन् ।

होटल सञ्चालकमा चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर पौडेल, उमाशंकर मालपानी, भूमिराज पौडेल र श्रवण बेरिवाल रहेका छन् ।

ग्लोबल आईएमई बैंक र होटल स्याफ्रोन सिकेको लगानीमा निर्माण भएको होटलमा व्यवस्थापन र सञ्चालनको जिम्मा हायात प्रालिको रहेको छ । होटल एक विगाहा ६ कट्ठा क्षेत्रफलमा फैलिएको छ ।

होटलका अध्यक्ष भूमिराज  पौडेलले होटलले बुटवलको पर्यटन क्षेत्रमा ठूलो टेवा पुर्‍याउने अपेक्षा लिइएको बताए । ‘होटल म्यानेजमेन्टको जिम्मा विश्व स्तरमा ख्याति कमाएको हायात ग्रुपले लिएको छ,’ भूमिराज भने, ‘बुटवल–नारायणगढ सडक पूर्णरूपमा सञ्चालनमा आएपछि र गौतमबुद्ध विमानस्थल भैरहवा राम्रोसँग चलेपछि हायात  होटलले यस क्षेत्रको विकासमा एउटा इँटा थप्ने अपेक्षा हामीले लिएका छौं । क्यासिनो पनि अबको एक वर्षभित्र पूर्णरूपमा सञ्चालनमा आउनेछ ।’

null

होटलमा व्याङक्वेट हल र सेमिनार हल ४ वटा रहेका छन् । फाइभ स्टारको सबै मापदण्ड पूरा गरेर फूल फेजमा सञ्चालनमा ल्याइएको पौडेलको भनाइ छ । होटलमा एकसाथ २५० जना पाहुना बस्न सक्नेछन् ।

होटलमा १०९ वटा कोठा सुन्दर डिजाइनले सजाइएको छ । रुमहरु स्ट्यान्डर्ड, फरेस्ट भ्यू, हिल भ्यू, बाल्कोनी, एन्जिक्यूटिभ सुइटस, प्रेसिडेन्सियल सुइटस रहेको अर्का सञ्चालक नरिश्वर पौडेलले बताए ।

२०७९ भित्रै सञ्चालनमा ल्याउने गरी निर्माण थालिए पनि कोरोना महामारीलगायतले निर्माणमा ढिलाइ भएको थियो ।

रुपन्देहीमा विमानस्थललाई लक्षित गरेर अर्बौं लगानीका होटल खुल्ने क्रम जारी छ । 

रुपन्देहीका सबै जसो स्तरीय होटलको प्रमुख टार्गेट भारतीय पर्यटक हुन् । पछिल्लो समय रुपन्देही होटलहरूको हबका रूपमा विकास हुँदै गएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्