
जेनजी आन्दोलनमा बानेश्वर वृत्त तोडफोड, आगजनी र हतियार लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका–४ घर भएर काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने २२ वर्षीय शेख सिद्धिकी छन् ।
भदौ २४ गते आन्दोलनका क्रममा उनले वृत्त तोडफोड तथा आगजनी गरेको भिडियोकै आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनी बस्ने डेरा खानतलासी गर्दा २ सेल अश्रुग्यास समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सिद्धिकीविरुद्ध आपराधिक उपद्रव गर्न नहुने र हातहतियार खरखजाना कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान भइरहेको छ ।