१३ असार २०८३, शनिबार

‘जेनजी’ आन्दोलनमा लुटिएको हतियारसहित १६ वर्षीय किशोर पक्राउ

कात्तिक २४, २०८२
काठमाडौं
‘जेनजी’ आन्दोलनमा लुटिएको हतियारसहित १६ वर्षीय किशोर पक्राउ

 भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएको एक थान चाइनिज पेस्तोलसहित पोखरा महानगरपालिका–४ का १६ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय, बगरबाट लुटिएको उक्त पेस्तोल म्यागजिन नभएको अवस्थामा बरामद गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।  

पक्राउ गरिएका ती किशोरलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने व्यक्तिहरुको खोजी र पहिचान गरी नियन्त्रणमा लिइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्