१३ असार २०८३, शनिबार

धनकुटाको पाख्रीबासमा बेवारिसे भरुवा बन्दुक भेटियो

कात्तिक २५, २०८२
विराटनगर
धनकुटाको पाख्रीबासमा बेवारिसे भरुवा बन्दुक भेटियो

धनकुटाको पाख्रीबास नगरपालिका-१०, चुङबङस्थित एक झाडीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ । 

इलाका प्रहरी कार्यालय हिलेबाट खटिएको गस्ती टोलीले उक्त बन्दुक बरामद गरेको हो ।

सोमबार दिउँसो  प्रहरी नायब निरीक्षक चिरञ्जीवी खड्काको नेतृत्वमा गएको टोलीले सर्ट रेन्ज पेट्रोलिङ गर्ने क्रममा झाडीमा लुकाएर राखिएको अवस्थामा एउटा भरुवा बन्दुक फेला पारेको थियो ।  बन्दुकसँगै बारुद वा गोली भने फेला नपरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त बन्दुकलाई इलाका प्रहरी कार्यालय हिलेमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्