१९ असार २०८३, शुक्रबार

स्रोत नखुलेको १५ लाख रुपैयाँसहित ४ जना पक्राउ

कात्तिक २६, २०८२
सिन्धुली
स्रोत नखुलेको १५ लाख रुपैयाँसहित ४ जना पक्राउ
फाइल फोटो

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका- २ झनझनेबाट स्रोत नखुलेको १५ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन् । एक चिनियाँ नागरिकसहित उनीहरूलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका- ३१ बस्ने २५ वर्षीय आदिल हमिद, २१ वर्षीय आमी अमिद, रौतहट ​गुजरा नगरपालिका- २ बस्ने ७३ वर्षीय चन्द्रमान योञ्जन र चिनियाँ नागरिक ३२ वर्षीय ​सिओङ चाङये रहेका छन् ।

प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ​बा प्र ०१-०३१ च ५८०४ नम्बरको गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारीअनुसार चेकजाँचका क्रममा गाडीको पछाडि साइडमा राखिएको टायर भित्र लुकाई छिपाई राखिएको उक्त नगद बरामद भएको थियो । त्यसपछि चालक आदिल र गाडीमा सवार आमी, चन्द्रमान र सिओङ चाङयेलाई प्रहरीले पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्