१० साउन २०८३, आइतबार

एभरेष्ट महिला भलिबल लिग : मधेशविरुद्ध साबिक विजेता कर्णालीको सहज जीत

कात्तिक २६, २०८२
काठमाडौं
एभरेष्ट महिला भलिबल लिग : मधेशविरुद्ध साबिक विजेता कर्णालीको सहज जीत

वात्सल्य एभरेष्ट महिला भलिबल लिगको बुधबार खेलिएको खेलमा साबिक विजेता कर्णाली याश्विसले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा हराएको छ ।

कर्णालीले पहिलो सेटको नतिजालाई २५–१५ अंकले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि कर्णाली २५–१२ अंकले अगाडि रह्यो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइएको उक्त खेलको तेस्रो सेटमा पनि कर्णाली याश्विस २५–१७ अंकले विजयी भयो ।

एभरेष्ट महिला भलिबल लिगको यो दोस्रो संस्करण हो ।

यसअघि दोस्रो संस्करणका खेलहरु पोखरामा खेलाइएको थियो । तर, जेन–जीको प्रदर्शनपछि विकसित असहज परिस्थितिका कारण खेल बीचमै स्थगित भएको थियो ।

बुधबारको दोस्रो खेल ललितपुर क्विन्स र पोखरा निन्जाजबीच खेलिने छ । दोस्रो खेल १७:०० बजे शुरू हुनेछ । प्रतियोगिताको आयोजक इन्फिनिटी ड्रिम्स हो ।

salt training

कमेन्ट गर्नुहोस्