
कपिलवस्तुमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका- ७ बिशमपुरास्थित सरस्वती इटा उद्योगमा काम गर्ने भारत उत्तर प्रदेश
देवरिया गिडा पोष्ट घर भएका २२ वर्षीय राकेश निसाद छन् ।
उनलाई शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राकेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।