
इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतबाट फरार भएका सवारी अंगभङ्ग मुद्दाका एक थुनुवा आफैं प्रहरीको सम्पर्कमा आएका छन्।
जिल्ला झापा, कचन्कवल गाउँपालिका-६ घर भई हाल काठमाडौं, दक्षिणकाली नगरपालिका-३ फर्पिङ बस्ने १८ वर्षीय अशोक रिमाल फरार भएको लगभग दुई महिनापछि प्रहरी नियन्त्रणमा आएका हुन्।
रिमाल गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतबाट भागेका थिए । उनी सवारी अंगभङ्ग मुद्दामा अनुसन्धानका लागि हिरासतमा थिए।
आज बिहान रिमाल आफैं इलाका प्रहरी कार्यालय झिलझिलेमा आएका थिए । प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।