१२ असार २०८३, शुक्रबार

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने समझदारी

कात्तिक ३०, २०८२
काठमाडौं
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने समझदारी
फाइल फोटो

सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य बढाउने समझदारी भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक संजय सिङ्घल नेतृत्वको भारतीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय नवौं समन्वयात्मक बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रणलगायत बारेमा छलफल भएको थियो ।

यस्तै सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान गर्ने बारेमा छलफल भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

यही कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालित सो बैठकमा गत मङ्सिरमा काठमाडौंमा सम्पन्न आठौं समन्वयात्मक बैठकबाट पारित एजेन्डा कार्यान्वयनको विषयमा समीक्षा भएको थियो ।

बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा समेत छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्