
ओपोले आफ्नो नयाँ स्मार्टफोन OPPO A6 Pro को प्रि-बुकिङ औपचारिक रूपमा खुला गरेको छ ।
अब ग्राहकहरूले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन् ।
प्रि–बुकिङ अवधिमा (कार्तिक २८ देखि मंसिर १ गतेसम्म) सबै ओपो अधिकृत खुद्रा पसलमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।
अफर अवधिभर, OPPO A6 Pro प्रि–बुक गर्नेले ३ हजार ४९९ रूपैयाँ मूल्यका OPPPO Enco Buds 3 Pro जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार यो सीमित समयको अफर पहिला ४०० जना भाग्यशाली ग्राहकका लागि मात्र उपलब्ध हुनेछ ।
यसमा सहभागी हुन, ग्राहकहरूले नजिकको ओपो आधिकारिक बिक्रेतामा गएर प्रि–बुकिङ फारम भर्नुपर्छ । प्रि–बुकिङ पूरा गर्ने पहिलो ४०० ग्राहकहरू स्वतः यो विशेष उपहार अफरका लागि योग्य हुनेछन् ।
OPPO A6 Pro ले स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनलाई संयोजन गर्दै आजका युवा र गतिशील प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्ने उद्देश्य राखेको छ ।

यो स्मार्टफोन मंसिर २ मा औपचारिक रूपमा सार्वजनिक हुँदैछ, जसले ओपोको लोकप्रिय A–Series लाई थप मजबुत बनाउनेछ ।
यो प्रि–बुकिङ अफरमार्फत, ओपोले आफ्नो शुरूआती ग्राहकलाई विशेष उपहारसहित अझ उत्साहपूर्ण अनुभव दिन चाहन्छ ।
ओपो विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड हो । सन् २००८ मा आफ्नो पहिलो मोबाइल फोन “Smiley Face” सार्वजनिक गरेदेखि, ओपोले डिजाइन र नवप्रवर्तनको संयोजनमा ध्यान केन्द्रित गर्दै आएको छ ।
आज ओपो ७० भन्दा बढी मुलुकमा ४० हजारभन्दा बढी कर्मचारीसहित सञ्चालनमा छ । स्मार्टफोन, ColorOS तथा अन्य कनेक्टेड सेवा प्रदान गर्दै विश्वभरका प्रयोगकर्ताहरूको डिजिटल जीवनशैलीलाई अझ समृद्ध बनाइरहेको छ ।