०८ असार २०८३, सोमबार

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंसिर १, २०८२
काठमाडौं
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कपिलवस्तुको विश्वमैत्री आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नागरिक लगानी कोषलगायतको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।​

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तौलिहवा नगरपालिका वडा- ८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक समेतले प्राथमिक विद्यालय स्थायी शिक्षकको नागरिक लगानी कोष लगायतको सामाजिक सुरक्षा करसमेत खातामा जम्मा नगरेको भन्ने उजुरी आयोगमा परेको थियो ।​

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७८/७९ मा कपिलवस्तु नगरपालिकाबाट छात्रवृत्ति शीर्षकमा प्राप्त रकम ५१ हजार ६००, दिवा खाजा बापतको २ लाख ४७ हजार ५० र पाठ्यपुस्तक शीर्षकमा १ लाख १६ हजार ७२९ रुपैयाँ विनियोजन भएको थियो । 

तर प्रधानाध्यापक रैदास र व्यवस्थापन समितिका अध्यक्ष थारूको मिलोमतोमा ​विद्यालयमा छात्रवृत्तिका लागि निकासा भएको ५१ हजार ६ सय रुपैयाँ कुनै पनि विद्यार्थीहरूलाई वितरण नगरेको पाइएको आयोगले जनाएको छ ।

दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति, सामाजिक सुरक्षालगायतको ४ लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा हिनामिना गरेको देखिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।​

आयोगले ४ लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा बिगो कायम गरी बिगो बमोजिम जरिवाना र कैद दुवै सजायको मागदाबी गरेको छ ।​

यस्तो छ अभियोग पत्र :

salt training

कमेन्ट गर्नुहोस्