२७ असार २०८३, शनिबार

बुद्धिचाल टोली थाइल्यान्ड जाने

मंसिर २, २०८२
काठमाडौं
बुद्धिचाल टोली थाइल्यान्ड जाने

एसियाली युथ चेस च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली बुद्धिचाल टोली बुधबार थाइल्यान्ड जाने भएको छ ।

नोभेम्बर २० देखि ३० तारिखसम्म हुने प्रतियोगिताा अग्रिम सैजु, अग्रता आचार्य, उजिवनी कँडेल, सुभाङ्ग प्रधान, प्रतिक प्रधान, आशीर्वाद थापा, श्रेशा दुवाल, कशिव कार्की, पुरुषोत्तम सिलवाल, सुभानी पण्डित र साहस श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्ने छन् । आर्बिटरमा हरिकृष्ण श्रेष्ठ तथा टोली प्रमुखमा रुपेश जैसवाल रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगितामा ३३ राष्ट्रको सहभागिता रहने बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्