
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट हेरेर घर फर्कने दर्शकका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा क्रिकेट हेरेर फर्किने दर्शकका लागि निःशुल्क बसको व्यवस्था गरेको हो ।
आफ्नो सवारी साधन नभएका र विशेष गरी महिला, वृद्ध र अशक्तहरूका लागि निःशुल्क बस सेवा शुरू गरिएको क्यानले जनाएको छ ।
मुस्कान ट्राभल्सको सहकार्यमा शुरू भएको सेवा खेल अवधिसम्म साँझ ६ देखि ८ बजेसम्म सञ्चालनमा रहने छ ।
यी हुन् बस सञ्चालन हुने रुटहरू
तल्लो टियू गेट र ल्याब स्कूलको अगाडिबाट
रुट १ : टियू गेट– स्वयम्भू–बालाजु
रुट २ : टियू गेट–स्वयम्भू– बालाजु–महाराजगन्ज
रुट ३ : टियू गेट–बल्खु–कालिमाटी–थापाथली बानेश्वर–तीनकुने–गौशाला–चाबहिल
रुट ४ : टियू गेट– बल्खु–सातदोबाटो–कोटेश्वर
