१८ असार २०८३, बिहीबार

दुबई एयर शोका क्रममा दुर्घटना भयो भारतीय सेनाको फाइटर जेट

मंसिर ५, २०८२
काठमाडौं
दुबई एयर शोका क्रममा दुर्घटना भयो भारतीय सेनाको फाइटर जेट

भारतीय वायु सेनाको तेजस लडाकू विमान शुक्रबार दुबई एयर शोमा दुर्घटनाग्रस्त भएको छ।

'दुबई एयर शो–२५ मा भारतीय वायु सेनाको एक तेजस विमान दुर्घटनाग्रस्त भएको छ। थप विवरण संकलन भइरहेको छ,' दुर्घटनापछि भारतीय वायु सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एपीका अनुसार पाइलट निस्किन सफल भए कि भएनन् भन्ने स्पष्ट भइसकेको छैन । क्षतिको विवरण आउन बाँकी नै छ ।

भारतीय समाचार एजेन्सी पीटीआईले दुर्घटनाको भिडियो सार्वजनिक गरेको छ।

पीटीआईका अनुसार, दुबई एयर शोमा प्रदर्शनरत एक तेजस जेट एकाएक तल झर्दै दुर्घटनाग्रस्त भएको हो।
 

salt training

कमेन्ट गर्नुहोस्