१५ असार २०८३, सोमबार

वीरगन्जको ग्यास उद्योगमा आगलागी : कसको लापरवाहीले भयो घटना ?

पुस ५, २०७४
वीरगन्जको ग्यास उद्योगमा आगलागी : कसको लापरवाहीले भयो घटना ?
ग्यास उद्योगमा भएको आगलागीमा जलेर घाइते भएकाको काठमाडौँको वीर अस्पतालस्थित ट्रम्मा सेन्टरमा उपचार गरिँदै

काठमाडौं, ५ पुस– बिहान ६ बजे झिसमिसेमै पर्साको वीरगञ्जस्थित पटेलनगरको  एक ग्यास उद्योगमा आगलागीको खबर फैलिएपछि स्थानीयहरु त्रसित भए । ग्यास उद्योगमा आगलागी भएपछि चिसो विहानीमै मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारियो । 

स्थानीय प्रशासनले करिब ५ सय मिटरको दुरीमा रहेको मसिहानी बस्तीमा आगो फैलिन सक्ने भयले स्थानीयलाई तत्काल घर छोड्न उर्दी गर्यो । आगलागीका कारण २ जनाको जलेर निधन भयो, ३ जना घाइते भए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रशासनले जनाएको छ । घाइतेकोे अहिले उपचार भइरहेको छ । 
 
९ घण्टापछि आगलागी नियन्त्रणमा आएपछि बुधबार साँझ मात्रै स्थानीय घर फर्केका छन् । 

करोडौंको क्षति

पटेलनगरस्थित सुपर ग्यास उद्योगमा भएको सो भिषण आगालागीले २ जनाको ज्यान लिनुका साथै करोडौंको क्षति समेत पुर्याएको छ । ग्यास उद्योगमा बुधबार ६ घण्टासम्म भएको भिषण आगलागीका कारण भएको क्षतिको एकिन बिबरण नआए पनि करिब ४ करोड बराबर क्षति भएको अनुमान गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार आगलागीमा परी उद्योग परिसरमा रहेका ४ वटा भारतीय ग्यास बुलेट, २ वटा नेपाली ट्र«क, १ वटा दमकलमा क्षति पुगेको छ ।

उद्योग परिसरमा रहेका घर टहरा जलेर नष्ट भएका छन् ।  

यसअघि नेपाल एलपी ग्यास उद्योग संघले ग्यास बुलेट खरिदका लागि पहल गर्दा एउटा बुलेटको लागत करीव ७० लाख रुपैयाँ पर्ने बताएको थियो ।  
सो अनुसार हिसाब गर्दा ४ वटा ग्यास बुलेटकोे अनुमानित लागत २ करोड ८० लाख पर्न आउँछ ।  यद्यपि पूर्ण क्षति भने नभएको बताइएको छ । तर, ग्यास भरिएका सयौं सिलिण्डर पड्एिको बताइएको छ ।

यसैगरी ग्यास उद्योगमा रहेको घर टहरा मात्रै पनि लाखौंको क्षति भएको बताइएको छ ।  

जसअनुसार ग्यास उद्योगमा क्षति हुँदा करिब ४ करोड बराबरको क्षति भएको स्थानीय प्रशासनले अनुमान गरेको छ ।  उद्योग क्षेत्रले ठूलोक्षति ब्यहोर्नुपरे पनि आगलागीको कारण भएको क्षतिको एकिन बिबरण भने आइसकेको छैन । 

४५​ वर्ष यताकै ठूलो क्षति

वीरगन्ज महानगरपालिकास्थित सुपर ग्यास उद्योगमा लागेको आगो ४५ वर्षको इतिहासमा पहिलो रहेको नेपाल ग्यास उद्योग संघले जनाएको छ । 

उद्योगमा भएको भिषण आगलागी ९ घण्टापछि अपरान्ह ३ बजेपछि मात्रै नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ । ग्यास उद्योग संघकाअनुसार स्टोरेज ट्यांकरको प्रेसर भल्बबाट ग्यास लिक हुँदा आगलागी भएको हो । ग्यास अनलोड गर्ने क्रममा बिहान ६ बजे ग्यास लिक भएर आगलागी भएको बताइएको छ । यद्यपि के कति कारण आगलागी भयो तथ्यगत बिबरण भने आउन सकेको छैन ।   

छानबिन टोली घटनास्थलतर्फ

घटनाको छानबिन गर्न नेपाल ग्यास उद्योग संघले संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरेको छ । समितिका सदस्यमा कुशप्रसाद मल्ली, विजयहरी शर्मा, मनोज कुमार दास र राज कुमार सिन्धी रहेका छन् । 

छानबिन टोली घटनास्थल पुगेको छ । छानबिन समितिका अध्यक्ष घिमिरेले नेपाली उद्योग क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको बताए । लोकान्तरसँगको कुराकानीमा घिमिरेले भने, ‘चार दशकको इतिहासमा नेपाली ग्यास उद्योग क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपर्यो, के कति कारण क्षति भयो त्यसको छानबिन गरेर छिट्टै प्रतिवेदन ल्याउनेछौं ।’

सुरक्षा मापदण्ड कस्तो ? 

नेपालमा हाल ५७ वटा ग्यास उद्योग मध्ये अधिकांश उद्योग मानबस्तीको बिचमै रहेका छन् । तर ग्यास उद्योगले सुरक्षा मापदण्ड पूर्ण रुपमा नअपनाइएको बुधवारको घटनाबाटै प्रमाणित हुन्छ । 

नेपाल ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिब घिमिरे भने सुरक्षा मापदण्ड भित्रै रहेका ग्यास उद्योग सञ्चालनमा ल्याएको बताउँछन् । ग्यास उद्योग वरीपरीका बस्तीका मानिस सामान्यतया डराउने भए पनि ठूलो जोखम नरहेको उनको भनाइ छ । 

नेपालमा ग्यास उद्योग सुरु भएकोे ४५ वर्ष भइसक्दा पनि ग्यास उद्योग नियमन गर्ने गरी कुनै ऐन, कानुन र नियम नबन्दा मापदण्डको जवाफ नै गतिलो नभएको सरकारी अधिकारीहरु बताउँछन् ।

ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरे वीरगञ्जको घटनामा पनि उद्योगको लापरवाहीले हुनसक्ने बताउँछन् । ‘ग्यास अनलोडका क्रममा बुलेटको ब्याट्रीमा स्पार्क भएर आगो लागेको प्रारम्भिक अनुमान छ । त्यहाँ त्यत्रो आगो लाग्दा पनि भरिएका सिलिन्डरहरु मात्रै पड्किए ग्यास सबै जलेन यो सामान्यतया सुरक्षा सतर्कता नै थियो भन्ने अनुमान गर्न सकिन्छ,’ उनले भने ।

उद्योगको अनुमति दिँदा नै उद्योगको स्थापनाको अवस्था हेर्नुपर्नेमा हेल्चेक्र्याइँ भएको अधिकारीहरु बताउँछन् । 

उद्योग विभागले भने मापदण्डभित्रै रहेको उद्योग दर्ताको अनुमति दिने गरेको बताउँछ ।

पुराना बुलेट, निरिह सरकार ! 

यता नेपाल ग्यास उद्योग संघले बुधबार दिउँसो गरेको पत्रकार सम्मेलनमा नेपालमा चल्ने अधिकांश ग्यास ट्यांकर पुराना भएकाले आगलागी भएको दाबी गरेको थियो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोकुल भण्डारीले भनेका थिए, ‘नेपालमा चल्ने सबै भारतीय ट्यांकर हुन् र ती बिसौं वर्ष पुराना छन् ।’ भारतीय मापदण्डअनुसार त्यहाँ चलाउन नपाइने भएकाले ती ट्यांकर नेपालमा चलाइएका उनको आरोप थियो । 

यसअघि ग्यास बुलेटको सञ्चालनका लागि भारतले अनुमति नदिँदा सरकारले पहल गर्न नसकेको भन्दै चर्को आलोचना भएको थियो ।  

बुलेट सञ्चालनका लागि भारतले अनुमति नदिँदा व्यवसायीको झण्डै ५ अर्ब रुपैयाँ लगानी जोखिममा परेको उद्योगीहरु बताउँछन् । बुलेट तयार भए पनि सञ्चालनका लागि विस्फोटन खतरामुक्त प्रमाणपत्र (एक्स्प्लोसिभ सर्टिफिकेट) जारी नगरिदिँदा विगत १ वर्षदेखि ती बुलेट प्रयोगका आउन सकेका छैनन् । 

ग्यास ढुवानीमा भारतीय एकाधिकार तोड्न भन्दै सरकारले गत वर्ष असारमा ७ सय ७५ थान ग्यास बुलेट खरिदका लागि व्यवसायीलाई स्वीकृति प्रदान गरेको थियो । सोही अनुरुप व्यवसायीले भारतमा ती बुलेटको अर्डर दिएकोमा करिब ४ सय बुलेट तयार भए पनि सञ्चालनमा आउन नसकेको संघले जनाएको छ  ।
 

salt training

कमेन्ट गर्नुहोस्