१० साउन २०८३, आइतबार

हिस्ट्री अफ नेपाल एथलेटिक्सको विमोचन​

मंसिर ६, २०८२
ललितपुर
हिस्ट्री अफ नेपाल एथलेटिक्सको विमोचन​

खेलकुदविज्ञ दिवाकरलाल अमात्यद्वारा लिखित ‘द हिस्ट्री अफ नेपाल एथलेटिक्स–२०२५’ नामक पुस्तकको विमोचन गरिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, धाविका सन्तोषी श्रेष्ठलगायतले शनिबार एक कार्यक्रमबीच पुस्तकको विमोचन गरेका हुन् ।

ललितपुर एथलेटिक्स क्लबका अध्यक्षसमेत रहेका लेखक अमात्यले आफ्नो पुस्तक नेपाली एथलेटिक्सको इतिहासमा हालसम्म बनेका कीर्तिमानहरूको संगालो भएको बताए । उनले यो तयार पार्न सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे ।

प्रमुख अतिथि चिरीबाबु महर्जनले नेपाली एथलेटिक्सको कीर्तिमानको संगालो भावी पुस्ताका लागि उपयोगी सिद्ध हुन विश्वास व्यक्त गरे ।

उनले भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिते खेलाडी सन्तोषी श्रेष्ठलाई महानगरको तर्फबाट पुरस्कार प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

पूर्वसदस्य सचिव सिलवालले नेपाली खेलकुदमा खेल र खेलाडीको विषयमा अनुसन्धान गर्ने तथा अभिलेख राख्ने अभ्यासको अभाव रहेको बताए ।

उनले अमात्यको पुस्तक भविष्यमा नेपाली एथलेटिक्सको विषयमा अनुसन्धान गर्न चाहनेका लागि उपयोगी बन्ने विश्वास व्यक्त गरे ।

धाविका सन्तोषी श्रेष्ठले खेलाडीको विषयमा अध्यययन–अनुशन्धान गर्ने र उनीहरूको अभिलेख राख्ने परम्पराले खेलाडीलाई अझ उत्कृष्ट प्रदर्शनका लागि अभिप्रेरित गर्ने बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्