२६ असार २०८३, शुक्रबार

एनपीएलमा आज : पहिलोमा विराटनगर र जनकपुर भिड्ने, दोस्रोमा पश्चिमका दुई टिम आमने-सामने

मंसिर ८, २०८२
काठमाडौं
एनपीएलमा आज : पहिलोमा विराटनगर र जनकपुर भिड्ने, दोस्रोमा पश्चिमका दुई टिम आमने-सामने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल बिहान ११:४५ बजे शुरू हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजेबाट हुनेछ ।

पहिलो खेलमा विराटनगर किङ्स आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछ भने जनकपुर बोल्ट्स पुनरागमनको दबाबमा हुनेछ ।

जारी संस्करणमा पोखरा र काठमाण्डुविरुद्ध फराकिलो जीत निकाल्दै विराटनगर सहज रूपमा प्लेअफ पुग्ने बाटोमा अग्रसर छ । यता, साविक विजेता जनकपुर बोल्ट्स भने पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले स्तब्ध बनेको थियो । 

दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन् । सुरुवाती दुवै खेल जितेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा छ। अर्कोतर्फ, चितवन राइनोजसँगको हारबाट प्रतियोगिता सुरु गरेको कर्णालीले लुम्बिनी लायन्सलाई हराउँदै उत्कृष्ट पुनरागमन गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्