३२ असार २०८३, बिहीबार
नेपाल प्रिमियर लिग

अपराजित विराटनगरले पहिलो जितको खोजीमा रहेको जनकपुरलाई दियो १३६ रनको लक्ष्य

मंसिर ८, २०८२
काठमाडौं
अपराजित विराटनगरले पहिलो जितको खोजीमा रहेको जनकपुरलाई दियो १३६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार जारी पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय ३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३५ रन बनाएको हो ।

विराटनगरका लागि पाँचौं नम्बरमा क्रिज समाल्न आएका शुभम रन्जनेले ३७ रनको योगदान गरे । उनले २९ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए ।

बसिर अहमदले पनि ३६ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ३५ बलको सामना गरी तीन छक्का हिर्काए ।

विराटनगरका माथिल्ला तीन ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर लोकेश बमले टोलीको खातामा २८ रन थपे । उनले २६ बलमा एक छक्का र दुई चौका प्रहार गरे ।

अर्का ओपनर जर्ज मुन्सी सात बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै आउट भए । अनुभवी मार्टिन गप्टिल पनि १३ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले १५ बलमा एक चौका हिर्काए ।

नारायण जोशी दुई रनमै आउट भए । मर्चेन्ट डे लाङ्गे शून्य रनमै पेभेलियन फर्किए । प्रतिस जीसी दुई र र सन्दीप लामिछाने शून्य रनमा अविजित रहे । विराटनगरले अतिरिक्त रुपमा सात रन पायो ।

जनकपुर बोल्ट्सका बलर रुपेश सिंह र संगित कुरेले दुई–दुई विकेट लिए । आदित्य महताले पनि एक विकेट हात पारे ।

जारी प्रतियोगितामा विराटनगरले आफ्नो तेस्रो खेल खेलेको हो । विराटनगर यसअघि दुबै खेलमा विजयी भएको छ । आफ्नो दोस्रो खेल खेलेको जनपुर भने अघिल्लो खेलमा पराजित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्