
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले आफ्नो निराशाजनक प्रदर्शनलाई निरन्तरता दिएको छ । म्यानचेस्टर युनाइटेड आफ्नो पछिल्लो खेलमा एभर्टनसँग ०–१ गोलले पराजित भएको छ ।
उक्त खेल म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा खेलिएको थियो । अर्कोतिर, खेलको प्रारम्भमै एभर्टन १० खेलाडीमा समेटिएको थियो । यति हुँदा पनि म्यानचेस्टर युनाइटेडले आफ्नो पराजयलाई भने टार्न सकेन ।
निर्धारित समयको १३औँ मिनेटमै एभर्टन १० खेलाडीमा समेटिएको थियो । एभर्टनका खेलाडी इद्रिसा गुएई रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । खेल शुरू भएको २९औँ मिनेटमा एभर्टनका लागि किर्नन डेउजबरी–हलले र्निाायक गोल गरेका थिए ।
जारी सिजनमा हालसम्म १२ खेल खेलेको म्यानचेस्टर युनाइटेडको यो चौथो हार हो । म्यानचेस्टर युनाइटेडले यो सिजन पाँच खेलमात्र जित्न सकेको छ । म्यानचेस्टर युनाइटेड १८ अंकसहित तालिकाको १०औँ स्थानमा आसिन छ ।
समान खेलबाट समान अंक बटुलेको एभर्टन तालिकाको ११औँ स्थानमा छ । प्रिमियर लिग तालिकामा १२ खेलबाट २९ अंक बटुलेको आर्सनल पहिलो र समान खेलबाट २३ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छन् । समान खेलबाट २२ अंक हात पारेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ ।