१२ असार २०८३, शुक्रबार

जडिबुटी तस्करीको आरोपमा चिनियाँसहित २ जना पक्राउ

मंसिर ९, २०८२
काठमाडौं
जडिबुटी तस्करीको आरोपमा चिनियाँसहित २ जना पक्राउ

यार्सा गुम्बालगायतका जडिबुटी तस्करी गरी बिक्री वितरण गर्न खोजेको आरोपमा चिनियाँ नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक मा मसु र काठमाडौं नयाँबजार बस्ने नबिला बानु छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नयाँबजारबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूको साथबाट २० लाख नगद, ९ किलो ३६० ग्राम यार्सागुम्बा, वन लसुन जस्तो देखिने वस्तु १५७ किलो, किटपतंग जस्तो देखिने सुकेको कीरा १०१ किलो, गुच्ची च्याउजस्तो देखिने ७ किलो ९ सय ग्राम, गुन्द्रुक जस्तो देखिने नाम नखुलेको जडिबुटी ७ किलो पाँच सय ग्राम, तौलिने मशिन, क्यालकुलेटर र मोबाइल बरामद गरेको छ ।

अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेका दुवै जनालाई वन ऐन, २०७६ अन्तर्गत कारबाही गर्न बरामद सामग्रीसहित डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्