
नेपाल पूर्व सशस्त्र प्रहरी संघले सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले गरेका काम कारबाहीबारे भ्रम सिर्जना हुने गरी कुनै पनि प्रकारको टीकाटिप्पणी नगर्न आग्रह गरेको छ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल सरकार तथा सशस्त्र प्रहरीले गरेका काम कारबाहीबारे भ्रम सिर्जना उत्पन्न हुने गरी कुनै पनि प्रकारको टीकाटिप्पणी नगर्न आग्रह गरेको हो ।
'...पूर्वसशस्त्र प्रहरीहरूबाट संगठन, नेतृत्व र कार्यरत अधिकृतलाई उल्लेख गरी नकरात्मक टीकाटिप्पणी गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति सम्प्रेषण गर्ने गरेको पाइएकाले यस सम्बन्धमा नेपाल पूर्वसशस्त्र प्रहरी संघ केन्द्रीय कार्यालयको ध्यानाकर्षण भएको छ,' जारी विज्ञप्तिमा भनिएको छ,' 'यसर्थ नेपाल सरकार तथा सशस्त्र प्रहरी बल, नेपालले गरेको काम कारबाहीबारे भ्रम सिर्जना उत्पन्न हुने गरी कुनै पनि प्रकारको टीकाटिप्पणी नगर्नु हुन अनुरोध गरिन्छ ।'
यस्तो छ विज्ञप्ति :
