२९ असार २०८३, सोमबार

जनकपुरले भोलि ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने

मंसिर १०, २०८२
काठमाडौं
जनकपुरले भोलि ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको छ ।

जनकपुरले बिहीबार हुने पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाले बिहीबार हुने खेलमा सबै खेलाडीले आ-आफ्नो आमाको नाम लेखिएको जर्सी लगाउने जानकारी दिए । उनले भने, 'आमाको सम्मानमा उक्त जर्सी लगाउने निर्णय भएको हो ।'

बिहीबार पनि उक्त जर्सी लगाएर खेल्ने र त्यसपछि ती जर्सीलाई बिक्रीका लागि अक्सनमा राखिने जनाइएको छ ।

जर्सी बिक्रीबाट सङ्कलन भएको रकम आमा समूहलाई प्रदान गरिने खतिवडाले बताए ।

शुरूआती दुवै खेलमा पराजित भएको साबिक विजेता जनकपुर बोल्ट्स बिहीबार भने पहिलो जितेको खोजीमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्