१८ असार २०८३, बिहीबार

हङकङको आवासीय भवनमा भीषण आगलागी

मंसिर १०, २०८२
काठमाडौं
हङकङको आवासीय भवनमा भीषण आगलागी

हङकङको ताई पो क्षेत्रमा रहेको ‘वाङ फुक कोर्ट’ हाउसिङ कम्प्लेक्समा बुधबार लागेको भीषण आगलागीमा एक अग्निनियन्त्रकसहित १३ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

प्रारम्भमा ४ जनाको मृत्युको जानकारी आएको भए पनि पछिल्लो अद्यावधिक विवरणमा मृतक संख्या बढेर १३ पुगेको हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार आगलागी दिउँसो २ बजेर ५१ मिनेट जाँदा भएको हो। आठ ब्लकसमेत रहेको वाङ फुक कोर्टमा करिब २ हजार फ्ल्याट छन्। आगलागीको सूचना पाएपछि अग्निनियन्त्रक टोली तत्काल घटनास्थल पुगेको थियो।


हङकङ सरकारले आयोजित पत्रकार सम्मेलनमा आगलागीमा मृतकबाहेक २८ जना घाइते भएको जानकारीसमेत सार्वजनिक गरिएको छ। घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको जनाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्