१२ असार २०८३, शुक्रबार

१९ करोडको क्रिप्टो कारोबार गर्ने सेफ पक्राउ

मंसिर ११, २०८२
काठमाडौं
१९ करोडको क्रिप्टो कारोबार गर्ने सेफ पक्राउ

बारा कलैयाका मोहम्मद सेफलाई १९ करोड बढी अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सेफलाई बुधबार साँझ भद्रकालीबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीले सेफबाट बरामद मोबाइल हेर्दा १९ करोड ८१ लाख ४९ हजार पाँच सय ८१ रूपैयाँ बराबरको कारोबार गरेको भेटिएको हो । 

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार सेफविरुद्ध अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद लिएर हिरासतमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्