
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ ।
यो योजना उच्च गति, भरपर्दो तथा किफायती इन्टरनेट सेवाका लागि डिजाइन गरिएको हो । सुपरहिट इन्टरनेट प्याकअन्तर्गत भायानेटले १०० Mbps, २०० Mbps र ३०० Mbps इन्टरनेट योजना उपलब्ध गराएको छ, जसमा सबैभन्दा लोकप्रिय २०० Mbps वार्षिक प्याकेज अब रु. ११,२०० (VAT सहित) मा प्राप्त गर्न सकिन्छ ।
विशेष रूपमा २०० Mbps वा सोभन्दा माथिको वार्षिक योजना लिने ग्राहकहरूले १ महिना इन्टरनेट निःशुल्क पाउने कम्पनीले जनाएको छ ।
साथै, यिनै २०० Mbps वा सोभन्दा माथिको प्याकेजहरूमा Priority Serveको साथमा ‘Same Day Support’ सुविधा पनि समावेश गरिएको छ, जसअनुसार इन्टरनेटसम्बन्धी कुनै समस्या दिउँसो ३ बजेअघि दर्ता गरिने इन्टरनेट सम्बन्धी गुनासालाई सोही दिनमै प्राथमिकतापूर्वक समाधान गरिने कम्पनीले जनाएको छ ।
इन्टरनेटको अनुभव झन् सहज बनाउन इच्छुक ग्राहकका लागि भायानेटले Mesh Router पनि विशेष मूल्यमा उपलब्ध गराएको छ । सामान्यतया रु. ३,००० पर्ने मेश राउटर अहिले २,५०० रूपैयाँमा पाइनेछ ।
भायानेटका अनुसार नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ले ग्राहकलाई छिटो र भरपर्दो सेवाको अनुभव दिने कम्पनीको दाबी छ । नयाँ तथा पुराना दुवै ग्राहकका लागि यो प्याकेज उपयोगी हुने कम्पनीको दाबी छ ।
थप जानकारीका लागि भायानेटकोवेबसाइट वा भायानेटका सामाजिक सञ्जालहरूमा सम्पर्क गर्न सकिने बताइएको छ ।