२४ असार २०८३, बुधबार

ट्रम्प प्रशासनले यी १९ देशका ग्रिन कार्ड धारकहरूको पुन: जाँच गर्ने [सूचीसहित]

मंसिर १२, २०८२
काठमाडौं
ट्रम्प प्रशासनले यी १९ देशका ग्रिन कार्ड धारकहरूको पुन: जाँच गर्ने [सूचीसहित]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ देशबाट संयुक्त राज्य अमेरिका आएका व्यक्तिहरूलाई जारी गरिएको ग्रिन कार्डहरूको पुन: जाँच गरिने बताएको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोले राष्ट्रपतिले यी १९ देशका नागरिकहरूको ग्रिन कार्डहरूको पूर्ण र कडाइका साथ पुन: जाँच गर्न निर्देशन दिएको बताए ।

बुधबार वाशिंगटन डीसीमा दुई राष्ट्रिय गार्ड्समेनमाथि गोली चलाएको आरोप एक अफगानी नागरिकमाथि लागेपछि ट्रम्प प्रशासनको यो घोषणा आएको हो, जसमा एक राष्ट्रिय गार्ड्समेतको मृत्यु भएको थियो।

संदिग्ध रहमानुल्लाह लकानवाल २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि अफगानहरूलाई विशेष आप्रवासन सुरक्षा प्रदान गर्ने कार्यक्रमअन्तर्गत संयुक्त राज्य अमेरिका आएका थिए।

यी हुन् ती १९ देश
अफगानिस्तान
क्युबा
हैटी
इरान
सोमालिया
भेनेजुएला
बर्मा
चाड
कङ्गो गणराज्य
इक्वेटोरियल गिनी
इरिट्रिया
लिबिया
सुडान
यमन
बुरुन्डी
लाओस
सियरा लियोन
तुर्कमेनिस्तान
टोगो

salt training

कमेन्ट गर्नुहोस्