
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबहादुर रानाभाटलगायत प्रतिवादी रहेको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट भएको फैसलाउपर शुक्रबार पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
आयोगले रानाभाटविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु तीन करोड १५ लाख ८१ हजार ६६ दशमलब ८० कायम गरी मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।
विशेष अदालतले मिति २०८१ जेठ २९ गते सफाइ दिएकाले उल्लिखित फैसलाउपर चित्त नबुझी आज सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।