०९ साउन २०८३, शनिबार
नेपाल प्रिमियर लिग

साबिक विजेता जनकपुरलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

मंसिर १३, २०८२
काठमाडौं
साबिक विजेता जनकपुरलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको दोस्रो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफमा स्थान पक्क गरेको छ । 

लिग चरणमा २ खेल खेल्नु अगावै सुदूरपश्चिमले ​शीर्ष चारमा आफ्नो स्थान पक्का गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार जनकपुरलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम एनपीएल दोस्रो सिजनमा प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको हो ।

जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४  ओभरमा ४ विकेटको क्षतिमा १४८ रन बनाउँदै पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५०, जान निकलो लोफ्टी ईटनले ३९ रनको योगदान गरे ।

बलिङमा सुदूरपश्चिमका अभिनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्