२७ असार २०८३, शनिबार
नेपाल प्रिमियर लिग

कर्णालीले काठमाण्डूलाई दियो १५० रनको लक्ष्य

मंसिर १४, २०८२
काठमाडौं
कर्णालीले काठमाण्डूलाई दियो १५० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले काठमाण्डू गोर्खाजलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनायो । जसमा गुल्शन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे ।

बलिङतर्फ काठमाण्डूका राशिद खान सर्वाधिक दुई विकेट लिए ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चार खेलबाट एक खेल मात्रै जितेको छ ।

दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौं स्थानमा छ । ‘प्लेअफ’मा यात्राको बाटोमा रहिरहन उसलाई आजको जित आवश्यक छ ।

करण केसी नेतृत्वमा रहेको काठमाण्डूले पाँच खेलबाट तीन खेल जितेर तेस्रो स्थानमा छ । ‘प्लेअफ’ यात्रामा जोडिन काठमाण्डू​का लागि पनि यो खेल महत्वपूर्ण हुनेछ ।

जारी प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स पाँच जितका साथ प्लेअफमा सुरक्षित भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्