
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा काठमाण्डू गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेको छ ।
जितका लागि पाएको १५० रनको लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
काठमाण्डूको जितका लागि गेरहार्ड इरास्मसले अविजित ४३, जोन सिम्पसनले ४१, वेन चाल्सवर्थले ३४ रनको योगदान गरे । कर्णालीका नन्दन यादवले तीन, पवन सराफले एक विकेट लिए ।
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनायो ।
जसमा गुल्सन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे ।
बलिङतर्फ काठमाण्डूका राशिद खान सर्वाधिक दुई विकेट लिए । काठमाण्डू यो जितसँगै आठ अङ्क जोड्दै ‘प्लेअफ’ नजिक पुगेको छ ।
कर्णालीको भने यो चौथो हार हो ।