१० असार २०८३, बुधबार

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित १ जना पक्राउ

मंसिर १५, २०८२
काठमाडौं
स्रोत नखुलेको १८ लाख रुपैयाँसहित १ जना पक्राउ

काठमाडौंको तीनचुलीबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका- १ घर भई हाल काठमाडौं महानगरपालिका- ६ आरुबारी बस्ने १९ वर्षीय दावा शेर्पा छन् । उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट १८ लाख १६ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई नगदसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्