
नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालीमाटीको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१३ बाफलमा लागुऔषध बिक्रीवितरण तथा ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा सिन्धुली घर भई काठमाडौंको नागार्जुन बस्ने युवराज लाखेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ५.८२ ग्राम लागुऔषध खैरो हिरोइन र ५४ हजार ६०० नगदसहित लाखेलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले उनका साथबाट एक थान मोबाइलसमेत बरामद गरेको छ ।
पक्राउ परेका लाखेलाई लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।