
भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले सोमबार मन्त्रिपरिषद्को निर्णय उल्टाइदिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सरकारको निर्णय बदर भएको लोकान्तरलाई जानकारी दिए ।
यसअघि सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले कात्तिक १२ गते सरकारको निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो ।
सरकारले असोज २३ गते भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।
पूर्ववर्ती सरकारको पालामा गठित भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।